उसलाई काल पनि भन्न मिल्दैन।
मलाई समाएको मात्रै थियो।
जताततै उसले चर्चा कमाएको मात्रै थियो।
कमजोरले आफ्नो ज्यानको बलिदान नै दिनुपर्न
पुरा भयो सपना उसको रमाएको मात्रै थियो।
थाहा थिएन के चाह्न्थ्यो उसले पनि म बाट
बिहान बेलुका जिउ मेरो कमाएको मात्रै थियो।
लाग्थ्यो कहिलेकाही पुर्नविराम नै लाग्छ कि मेरो जीवन..
पोल्थ्यो छाती घाँटी मेरो समाएको मात्रै थियो..।
बन्द कोठा सुनसान ठाउँ थिएन कसैको आवतजावत
घडिकै भरमा आयु मेरो थमाएको मात्रै थियो..।
उसलाई काल पनि भन्न मिल्दैन,
मलाई समाएको मात्रै थियो......।
✍️: जीवन आचार्य
0 Comments