Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

म बाँचेको छु र म मरेको छु।

 


म बाँचेको छु र म मरेको छु।

म जिवित छु र म निर्जीव छु।


म को हुँ र ? तिम्रो अस्तित्व जोगाउन ,
म भारी देखिन्छु र बारम्बार लुटिन्छु..।

देखिन्छु भारी केवल आफ्नाहरुको नजरमा,
म के छु र?  खाली- खोक्रा रहरहरुमा,

म गाउँ हु  केवल पाखे तिम्रो सहरमा ,
म अमृत हुँ हराए.. तिमीले घोल्ने जहरमा,
म के छु र ? केवल खाली....।
  खाली सम्झनामा । । 

✍️: जीवन आचार्य




Post a Comment

0 Comments