अलिकति मात्रै हो कि झन पार्नु हुन्न,
महोदयले ! मैले सास फेरेको पनि मन पार्नु हुन्न..।🙏
✍️: जीवन आचार्य
तिम्रा जन्ती मेरा मलामी हुनु भन्दा पहिले,
तिमीलाई रानी भएको हेर्न मन छ,
म खरानी हुनु भन्दा पहिले,
✍️: जीवन अचार्य
चिन्दिन भनिछै खुसी लाग्यो..।
सबै पहिलाजस्तो कहाँ छ र ?
आगोलाई पनि कस्ले चिन्छ र?
खरानी भएपछि..।
✍️: जीवन आचार्य
दैबलाई मन परिसकेको छु म,
मुस्कान त देखावटी हो
भित्रभित्रै मरिसकेको छु म..।
✍️: जीवन आचार्य
तिमीलाई शिरमा कसैले हात लगाएको आभास होला,
मैले मेरो मुटुलाई छुदै छु..।
✍️: जीवन आचार्य
एकैछिन त हातका ओँला काटिदिउ,जस्तो लाग्यो
रगतले पनि त शब्दहरु कोरिने रहेछ..।
पापिनीले कलम दिएकी थिइ..।
✍️: जीवन आचार्य
नहेरी तिमीलाई मान्दैनन् यी नयन,
मनलाई कहाँ छ र चयन
भनिदेउ न तिमी जस्ती राम्री अरु किन भएन..।
✍️: जीवन आचार्य
वास्तालाई जोगाउँदै थिए..।
वेवास्ताले घाँटी थिचेर गयो
बिचरा ! छटपटाइ रहयो एक्लोपन..।
✍️: जीवन आचार्य
मायाको भिक माग्ने त धेरै आएहोलान् तिम्रो जीवनमा
माया चिन्छेउ र मलाई अझैपनी म तेही हुँ..
जसले पिरहरु केलाउँदै खुसी जम्मा गरि तिमीमा रिताउने गर्दथ्यो..।
✍️: जीवन आचार्य
थाहा छ मेरो जीवनमा कति खास छै तिमी
जसलाई सम्झेर ओठमा मुस्कान आउँछ
तेही याद हैउ तिमी, तेही याद हैउ तिमी..।
✍️: जीवन आचार्य
मलाई आफ्नै जिन्दगी देखीनै दया लागेर आउँछ
माया !घृणा गर्नकै लागि भएनी सम्झिन्छेउ रे..
खुसी लागेर आउँछ..।।
✍️: जीवन आचार्य
आफ्नो पीडा आफ्नो चोट आफैंसँग राख्नुहोस
यहाँ सबै चोटमा मलम लगाउने कहाँ हुँदा रहेछन् र ?
✍️: जीवन आचार्य
मायामा खडेरी लाग्यो म भने पानी मुल आसैमा
अन्तै बास बसाकी रैछेउ म परे धोकाको पासैमा...।
✍️: जीवन आचार्य
पहिला त जिवितनै थियो
छुटेसी लास भयो पिरती
बनाइछै घृणाको सन्सार
पलभरमै नास भयो पिरती ..।
✍️: जीवन आचार्य
उ पागल थिएन, पागल प्रेमी थियो
कसैलाई सम्झियो,आफैलाई बिर्सियो..।
✍️: जीवन आचार्य
जसको माया मुटुमा धेरै भो
उसकै यादमा जिन्दगी खेरै गो..।
✍️: जीवन आचार्य
म सँग आँसुको खोला सिंदुर लगाइछेउ अर्कैको
छाडेरै गएनी साथ भुल्दिन यो छाती चर्केको..।
✍️: जीवन आचार्य
म जल्दै गर्दाखेरी मेरो चिताको छेउमा नआउनु तिमी,
आगोको रापले तिमीलाई पोल्न सक्छ..।
✍️: जीवन आचार्य
काल लाई प्यारो म कहिलैपनी भैइन
तर मान्छेहरु मैले सास फेरेको पनि रिस गर्छ्न..।
✍️: जीवन आचार्य
दिल चिरा-चिरा सुन हैउ कि हीरा
सिध्याउँछु पो भन्छ मायाको किरा..।
✍️: जीवन आचार्य
सम्झिन्न भन्छ बिर्सिनीले के गर्यो,
उडाउँछु पो भन्छ घिर्सीनीले के गर्यो..।
✍️: जीवन आचार्य
ज्योतिषीले भन्छ दसा लागेको छ।
मर्छु कि क्याहो ! मलाई तिम्रो प्यारको नसा लागेको छ..।
✍️: जीवन आचार्य
मेरो नामलाई तिम्रो नामको साहारा चाइयो
बुझन सुन्दरी एक इसारा चाहियो..।
✍️: जीवन आचार्य
रिसले आफैंलाई सिध्याउँछ भन्छन्
मेरो रिस गरेर आफ्नो आयु किन घटाउँछै आफ्न्तीहरु..।
✍️: जीवन आचार्य
मर्दैन आस आउँला नि सास
के छ र ? खास भएनी लास..।
✍️: जीवन आचार्य
घरमा आमाबुबालाई तिमीजस्तै बुहारीको खाँचो हो
माया !बरु मुनामदन झुटो होला तिमी र म साँचो हो..।
✍️: जीवन आचार्य
हेरेक बिहान हरेक साँझ बनेर आउँछ..।
यहाँ मलामी लास बनेर बनेर आउँछ..।
✍️: जीवन आचार्य
आउँदिनै तिमी माया बनेर,
जाँदैछु सदाकै लागि नसम्झिनु मेटियो
रहिरहनेछु सधै तिम्रो छाँया बनेर..।
✍️: जीवन आचार्य
ढिलो या छिटो पारेर दिन्छ..।
गरिबलाई सुख भगवानले मारेर दिन्छ..।
✍️: जीवन आचार्य
हाँस्छेउ अरे उसैसँग रोहुला र कति म,
गर्छेउ अरे सधै घृणा बाँचुला र कति म...।
✍️: जीवन आचार्य
उसले हातमा सुपारी दिई मैले मेरो भाको जति खुसी
मेरो खुसी रितियो, उसको सिउँदो भरिएपछी..।
✍️: जीवन आचार्य
मलाई सम्झेर रुन्छेउ त म भन्दिन,
तर एकदिन तिमीपनी म जस्तै रुनेछेउ..।
✍️: जीवन आचार्य
आफ्ना भनिने धेरै थिए,
पछि मै माथी खनिने धेरै थिए।
दोष छैन कसैलाई पनि
तिनीहरु त मेरै थिए...।
✍️: जीवन आचार्य
कसैलाई निराश र दुखी बनाउन चाहन्थे म
धन्यवाद ! छ तिमीलाई पनि
जाने बेलामा मेरा शत्रुहरुलाई हसाएर गएउ..।
✍️: जीवन आचार्य
तिमी चढ्या डोलि
मैले देख्या सपना
झरना सरी आँसु
बग्दै गर्या खोली
अस्ताएको सुर्य
उदाउँला नि भोलि
अस्ताउने छु म पनि
उदाउँदिन भोलि..।
✍️: जीवन आचार्य
तिमी बागलुङको काठेखोला थिएउ,
अनि म साउने भल तिमीमा मिसिए
तिमीले बग्दै कालीगङ्गा पाएउ
म त बिचौमा हराइसकेछु..।
✍️: जीवन आचार्य
मलाई सय (१००) जस्तै लाग्यो
आयु घट्दै (-) गएजस्तै लाग्यो
शुन्य (0) तिमी भएजस्तै लाग्यो
छैनेउ तिमी भएजस्तै लाग्यो...।
✍️: जीवन आचार्य
मलजल नगरी ओहिलेर झरेको फुल थियो माया
तिमी हावालाई दोष नदेउ..।
✍️: जीवन आचार्य
बिर्सिएउ मलाई पहिला तिम्रो मायाले लत लाएको
पछि तिमीले नै लताएको मान्छे म..।
✍️: जीवन आचार्य
पिरै पिरको वर्षा म तिमीलाई ओत दिउँला
नखोज मलाई वरिपरि म छानो बनिसकेको छु।
हिजो अस्ति ठूलो धर्ती आज सानो बनिसकेको छु.।
✍️: जीवन आचार्य
कसैलाई निरास र दुखी बनाउन चाहन्थे म
धन्यवाद ! छ तिमीलाई पनि
जाने बेलामा मेरा शत्रुहरुलाई हसाएर गएउ..।
✍️: जीवन आचार्य
कोरोना भन्दा घातक त तिम्रा यादहरु थिए
अनि म Depression को क्वारेन्टाइनमा थिए..।
✍️: जीवन आचार्य
तिम्रो लागि केही फरक केही विशेष आउनेछ
म त आउँदिन तर मेरो लास आउँने छ..।
✍️: जीवन
नसोध मलाई किन टाडियै भनी
यो दुरी तिमीले नै बनाएकि थिएउ..
नगर केही गुनासो मन जल्यो भनी
त्यो डढेलो तिमीले नै लगाएकी थिएउ..।
✍️: जीवन आचार्य
बोलाउँछेउ होला एकदिन बोल्दिन
लास भएको छु..।
✍️: जीवन आचार्य
तिम्रो सिउँदो पराइले सिँगारयो
अछुत थिए जातैले बिगार्यो..।
✍️: जीवन आचार्य
बिपनीमा मेरो मुहार देख्न नचाहने हरु
सपनीमा आइरहन्छन्..।
✍️: जीवन आचार्य
म भन्दा प्यारो भेटाउँदै छिन अरे,
मेहेन्दीले हातमा लेखेको मेरो नाम मेटाउँदै छिन अरे..।
✍️: जीवन आचार्य
रातो चुरा,रातो सारी, रातै सिन्दुरमा सजिएकी तिमी
तिम्रो सुन्दरताको अगाडि मैले सजाएको सपना पनि
फिक्का भैइदियो..।
✍️: जीवन आचार्य
जिन्दगीमा पैसा नै सबथोक हैछ भनेर
किन रुदै खाँडी पस्नुहुन्थ्यो मेरा बा !
बल्ल बुझे यहाँ जिउँन मुस्किल रैछ भनेर..।
✍️: जीवन आचार्य
मनमा कुरा खेलायो मेरो निद्रा सेलायो
सबको सामु चिन्दिन भनिछेउ
तेत्रो सम्बन्ध के लायो..।
✍️: जीवन आचार्य
म त प्रदेशी फर्किन्छु भन्ने बोलिको भर छैन
पिर नलिनु है मेरी आमा म बसे तिर कोरोनाको डर छैन..।
✍️: जीवन आचार्य
यसरी हिर्कायो जिन्दगीले मलाई,
जसरी गरिबको झुपडीमा चड्कनी पर्यो।
✍️: जीवन आचार्य
0 Comments