Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

बिदेश



मन भारी बनाएर धन कमाउन आयो उ झोला बोकेर,
गाउँघरको सम्झना साथ मै लिएर,
कहाँ पाइन्थ्यो र सजिलै जागिर यो बिरानो मुलुकमा,
पारिवारिक चिन्तन, साउको ऋण हल्लिन्छ गल्लीमा उ पिडाको भार लिएर,

यो व्यस्त सडक लाखौं अपरिचित मान्छेहरु,
कसले बुझ्छ र पीडा यहाँ भैउतारिन्छ उ हातमा भिजा अनि पासपोर्ट बोकेर,

साकार गर्न नसक्दा परिवारका सपना अनि चाहनाहरु,
भकानिदै रुन्छ उ दिनरात हातका औंला टोकेर,
पाइन्छ काम ती टनटलापुर घाममा, चुहाउँछ पसिना सिमेन्ट,फलाम अनि इट्टा बोकेर,

न मिल्छ ज्यानलाई आराम , न भोकमा खाना दिन गुजार्छ उ हातमा पाउरोटी अनि पानी बोकेर,
कष्टकर जीवन अनि निर्दयी मान्छेहरु, हेपिन्छ यहाँ उ रातदिन गरिबीको नाम लिएर,

निदाउँछ उ बिउझनै नपाउने गरि,
पर्खिरहेका हुन्छन् जहान बाल्बच्चा बा,आउँछ कि हातमा बेलून खेलैउना, सामान लिएर,
उ त बादलमै हराइसक्यो, सुकिसक्यो फर्किन पाउदैन एक मुठी सास लिएर ।।

✍️: जीवन आचार्य 

Post a Comment

0 Comments