Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

पिलाएर गै

धेरै थोरै भएपनी पिलाएर गै,
बात माथी घात आज मिलाएर गै

बितेका ति दिन सम्झी मुटु छिया-छिया हुँदा
सियो ले झौ कोपी यो मन सिलाएर गै

हरपल रोए सम्झी उसलाई त्यो अधेरी रातमा
साउने झरी भल सँगै बिलाएर गै

तिमी र म चखेवाको जोडी झै हैउ भन्थी
पखेटा काटी उड्ने आस दिलाएर गै

सुख दु:ख हातेमलो गरी जुनी काटौ भन्थी,
पिरतीको घाटमा बिस पिलाएर गै


✍️: जीवन आचार्य 

Post a Comment

0 Comments