Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

फेसबुके माया




जिन्दगी कहिले PUBG खेल्दै त कहिले फेसबुकमा राम्री तरुनि हेर्दै बितिरहेको छ। हुन त जन्मिदा बाट नै मान्छे म बढो Romantic नै  थिए। बच्चा देखि नै म नारीको एकदम सम्मान गर्न मान्छे। सम्मान गरेर नै मैले आफ्नो स्कुलको मिसलाइ पनि Girlfriend को दर्जामा राखेको थिए। अहिलेको यो उमेरमा त झनै के कुरा गर्नु राम्री केटी जो देखेपनी साथीहरूलाई उ त्यो तेरी भाउजु हो भनिरहन्थे। 

  जे भनेपनी मेरो कुनै केटीसँग लभ पर्न भने सकेको थिएन| केटीसँग बोल्ने आँटै आउने थिएन। त्यतिबेला मलाई फेसबुकको नसा लागिरहेको थियो। Facebook मेरो एकदम घनिष्ट मित्र बनेको थियो। राम ले सिता लाई  के माया गरे होलान र ?  त्यो भन्दा बढी माया मैले मेरो मोबाइललाई गर्द्थे। उठ्दा, हिड्दा सुत्दा Toilet मा धरी मोबाइल मेरो साथी बनेको थियो। अस्ति आधी घन्टा सम्म YouTube मा भिडियो हेर्दै थिए त्यतिकैमा साथीको message आयो। Message मा लेखेको थियो `ओए कहाँ छस´   झसङ्ग! भए म त Toilet मा पो रहेछु। समय बितेको नी पतै भएन। Facebook  मा मेरा धेरै साथीहरू थिए। राम्री केटीलाई People You May Know मा देख्यो कि Friend Request पठाइ हाल्थे। धन जुके काकाले यो Facebook बनाउने बेलामा Wife Request, Marriage request,Girlfriend request पठाउन मिल्ने बनाएका छैनन। यसरी friend request पठाउने क्रममा (`उ बेलाकि जानू´) पनि People you may know मा आइ । मैले यताउती नहेरी किन सिधै उसको profile pic मा click गरे। उरबर्शी र मेनुका के होला र? उसको अगाडि मोरी ती परी भन्दा पनि राम्री थिइ । त्यसको त्यो Profile pic  देख्ने बितिकै मनमा रोइला गीत फुर्न थाल्यो। साच्चै_राम्री_हैउ_कि_क्यामीरा_को_कमाल_हो_मनी_राजेश_हमाल_हो। थोप्डामा म जीवन आचार्य जस्तो नभए पनि मैले आफुलाइ राजेश हमाल ठान्दथे। मैले केटीहरुलाई राजेश हमाल कै style मा Hey भन्दौ बोलाउथे केटीहरु Reply नदिएर बाउको Bey देखाउथे। त्यतिबेलाकि जानू(अहिले ढुङ्गाले हानु) ले दुई दिनको अन्तराल पछि मेरो Friend Request Accept गरि।उसले Accept हान्दा मनमा Guitar बज्न थाल्यो।गल्ती भएछ,मोबाइलमा गीतार बज्न थाल्यो।मेरो मोबाइलको Notification sound Guitar को थियो नि त।😀 मनमा त पन्चेबाजा नै बजेको थियो। बढो हिम्मत जुटाएर मैले उसलाई message पठाए। उसले केइबेरपछी मेरो reply दिई।मैले सोचे `यति राम्री छे boyfriend पनि त खतरै Handsome होला´ सबै केटीहरुको boyfriend हुन्छ र? भनुहोला आजकलको जमानामा Boyfriend नभाको केटी पाउनै गार्हो छ। तर उसको भनाइ अनुसार मोरी single नेइ थिइ । उ खासै online आउनी थिइन ।कतिबेला उ Online आउली उसको नाममा हरियो थोप्लो देखिएला भन्दै म कुरिरहन्थे। बेलुकै मात्रै उसको दर्शन गर्न पाइन्थ्यो। उनी online आउँदा Me:Hi she:...........(Active 5 Min ago)  यसरी नै उसलाई online आउँदा बोलाउने क्रम जारी थियो।उसले पनि हल्का फुल्का Um,He he,me2,C u, यस्तै reply दिन्थी। मेरो महाभारत जस्तो message को reply उसले एउटा Emoji पठाएर दिन्थी।तैपनि उसलाई मैले message पठाइ रहन्थे। पछि उसले पनि म प्रती चासो देखाए जस्तै गरि।मेरो message को reply second मा आउन थाल्यो। यस्तै लाग्थ्यो कि उ मेरै लागि online आउछे। व्रत बस्थी लाग्थ्यो मेरै लागि मठमन्दिर धाउछे। मनमा हर्ष पलाउथ्यो उसले मेरो रिपलाइ दिदा खेरी म त मदुहोस नेइ थिए नि उसको फोटो हेरी सपनामा सुतथे उसलाई अङ्गालोमा बेरी सिरानी हुन्थ्यो बिहान उठ्दा खेरी। हाम्रो मित्रता एकदम मजबुत बन्दै थियो। हाम्रो अगाडि जगदम्बा सिमेन्ट पनि के मजबुत होला र? school life मा Nepali मा Fail हुनी नेपाली बिषय पढ्न लेख्न मन नलाग्नी जब उनलाई देखे मनमा गजल मुक्तक,कविता फुर्न थाल्यो। जानी_नजानी_यो_कविता_लेखे_मन_समाल्न_गाह्रो_भो_प्रीया_जब_तिमिलाई_people_you_May_know_मा_देखे😀 उसँग भेट त भएको थिएन तर म मायाको सागरमा चुरलुम्म डुबिसकेको थिए। मेरो माया एकतर्फी नेइ थियो। हाम्रो दिनदिनै chat हुन्थ्यो। मैले उनलाई Facebook बाटै मायाको प्रस्ताव राखे।मोरी ले यसरी नकारी कि मैले येहा लेख्नै सक्दिन।मैले उनलाई प्रस्ताव राखे माया सम्झेर उनले shampoo लगाएर नुहाइदिइन मलाई चाँया समझेर। मैले उनलाई बारम्बार purpose गर्न थाले तर उनले कहिलै accept गरिनन। सायद म मा कुनै कमि थियो होला वा उनकै अर्कै दबाब people you may know बाट सुरु भएको यो मेरो एक तर्फी माया प्रस्ताव राख्नेसम्म मात्रै पुग्यो, मैले Facebook मा बोलाउँदा मात्रै उनले reply दिन्थिन। कहिलेकाही उसले पनि बोलाए हुन्थ्यो जस्तो लाग्थ्यो। तालुखुँइले बुढाको तालुमा कपाल पलाउला तर कसम उसको मनमा मेरो माया पलाएन। उसले मलाई कहिलै पनि Hi भन्दै बोलाइन मैले पनि उसलाई बोलाउन चाहिन। यसरी दिनहरु बित्दै थियो। तेतिबेला Nepal idol season 2 चलिराखेको थियो म चाहिँ sumit को Die hard Supporter थिए। मैले नियमित सुमितलाई भोट गरिरहन्थे।रातिको बेला थियो। करिब रातको 1:30 त बजेकै थियो होला।राती respect and Rise एकदम छिटो चल्थ्यो म भोटमा बेस्त हुन्थे।भोट गरेर सकेपछी मैले यसो Facebook मात्रै के चलाएको मेरो मनमा आधी तुफान आएजस्तै भयो। म बिस्तारा बाट भुइँमा खसेजस्तै भए।😀मोरीको त बिहे पो भएको रहेछ। मेरो बिहेमा आउनु टन खाएर जानू भन्थी। मलाई खानी फुर्सद कहाँ हुन्थ्यो होला र? म त बिरहको गीत गाउँनमै ब्यस्त हुन्थे। तर मोरीले निम्ता नगरी बिहे गरिछे।            उसको बिहे भएको धेरै दिन बितिसक्यो अचेल त फेसबुकमा पनि खडेरी लागे जसरी मेरो message Box सुकेको छ। उनको Name मा हरियो थोप्लो लागिरहेकै हुन्छ। तर उनी अर्कैको बन्धनमा बाधिएकी छिन। त्यो हरियो थोप्लो मेरो लागि टीका बिनाको दशै जस्तै थियो। अचेल उनले Facebook मा धेरै फोटो हाल्छिन caption हाल्दै With my dear hubby and 4 Others. मैले पनि फुलमायाको भट्टीमा गएर फोटो खीची caption हाल्छु। with रक्सी and no others .. 
 धन्यवाद ! यो कथा काल्पनिक हो।
Jeevan Acharya

Post a Comment

0 Comments