Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

भुपुको बिवाहा


बिवाह बिवाह एक सामाजिक प्रकिया हो। विवाह पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानूनी बन्धन हो । बिवाहको धेरै प्रकार पनि छ्न। ती सबै प्रकारहरु म अहिले यहाँ चर्चा गर्न चाइन। मैले १० नम्बरको प्रश्नको उतर ७ नम्बर पाउनको लागि यो कथा लेख्या पनि त होइन नि ? यहाँ कोही करले बिवाह गर्छ्न कोही रहरले बिवाह गर्छ्न,कोइ कुलेलाम ठोकेर बिवाह गर्छ्न । 😀 कोही मागेर बिहे गर्छ्न र कोही दसा लागेर बिवाह गर्छन। बिवाह भनेपछी मनै हुरुक हुने, साथिभाइ सँग गफ गर्दै हिड्न पाइने पन्चेबाजामा नाच्दै सोर भर्दै हिड्न पाइने अहा! कति रमाइलो दाइको,साथिभाइको ससुरालीमा सालीलाई जिस्काउँन त कति मजा आउँछ अझै ! जन्तीलाई बिशेष मासुभातको पनि ब्यव्स्ता गरिन्छ त्यो पनि पिरो ठोकेर खानै नसकिने गरि। गाउँघरमा दाजुभाइ अँकल हरुको धेरैको बिहेमा जन्ती गैइयो अन्मिएर डोली चढ्ने बेलामा बेहुलीको त्यो रुवाइ बेहुली रुदा हामीपनि रोएको जस्तै गरेर बेहुलीलाई जिस्काइन्थ्यो।      केही बर्ष अघिको कुरा हो म पनि एउटा बिवाहमा गएको थिए। तेतीबेला म जन्ती भएर होइन माइती पक्षबाट बोलाएर गएको  त्यो बेला मेरो फुपुको बिहे भएर गएको थिए। ए गल्ती भएछ भुपुको 😂 बिहे भएर गएको थिए। बिवाहमा जाने मन त कतिपनी थिएन तेइ पनि मोरीले कर गरि हुनपनी त भविस्यको तेस्को सन्तानको मामा जो परे म।हुन नसकेको ससुराली घर एक्दम सझिएको थियो।सबैजना आ-आफ्नो काममा ब्यस्त थिए। मलाई भुपुले बाहेक अरु कसैले पनि चिनेको थिएन। म आग्नको डिलामा बसेको थिए आग्न मुन्तिरको गरामा मेरो बर्बादीको बाजा बजेको थियो तेही पन्चेबाजा सबैजना चैट-चैट भन्दै नाचिरहेका थिए मेरो कानले त बल खाइस-खाइस भने जस्तो मात्रै सुनेको थियो। केही समयको अन्तराल पछि भुपुले मलाई आफ्नो घरको बारतलीबाट चियाइ उसले हात हलाएकी थिइ। हात देखाउँदौ एक्लै बाच कि बाजा तालमा गएर नाच भनेकी हो जस्तै लागिरहेको थियो। जे भएपनी भुपुलाइ देखेपछी त्यो माहोलमा एकलोपनको कुनैपनि आभास भएन। समय पनि कति छिटै बितिसकेछ भुपुले I can't live without you भनेको पनि हिजोजस्तै मात्र लाग्छ।जे भएपनी आफुले कुनैदिन मन पराएकी मान्छे परी बाहिर मन्द मुस्कान लिएर हिडेपनी भित्री मन रोइरहेको थियो। मेरो मनको भावना बुझ्ने तेहा कोइपनी त थिएन नि। भुपु त आफ्नो सिङ्गारमै ब्यस्त थिइ । केइ समयपछि जन्तीको आगमन भयो सबैजना दुलहा को थोप्डा हेर्न आतुर थिए । मलाई चाइ खासै चासो थिएन भन्दा गफ हानेजस्तो होला तेहीपनी भुपुले मन पराएको केटा म पनि आतुर नेइ थिए। जन्तीलाइ टीका लगाएर चकलेट चखाउँदै गेटबाट प्रवेश गराइदै थियो। मैले दुलहा को अनुहार छर्लङ्ग सित देखे। मनमनै सोचे जे होस कसारको डल्लोले रसबरी पाएछ। म पनि औँउसेलु मै रमाउने परेछु मेरो भाग्यमा पनि कहाँ रसबरी खान लेखेको थियो र?.............................. ✍️जीवन आचार्य 💫

Post a Comment

1 Comments